काठमाडौं । नेकपा एमालेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ ।
एमालेले जन गुनासो समेटेर आज बिहान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि कोशी प्रदेशको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो ।
मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै २ हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापनपत्र बुझाउन लागिएको बताइएको छ ।