Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना, दुई जनाको मृत्यु

दाङ । दाङमा रात्री बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको रात्री बस दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा आइतबार राति ११ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी रहेका छन् ।

चालक निदाए पछि वन जंगलको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको पहरीको अनुमान छ । दुर्घटनामा चालक मात्रै घाइत छन् ।

बसमा सवार अन्य यात्रु सबै सकुशल रहेका छन् । मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077