Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डको दाबी – युगान्डा भ्रमण सफल भयो, नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ

    प्रधानमन्त्री प्रचण्डको दाबी – युगान्डा भ्रमण सफल भयो, नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 603
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेको बताएका छन् ।

    युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार बिहान स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    ‘म युगान्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगान्डाका मन्त्री एस्थर डी अनयाकुन, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ,’ उनले भने ।



    यस्तै उनले आफ्नो युगान्डा भ्रमण सफल भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार युगान्डा गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार