Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको दाबी - युगान्डा भ्रमण सफल भयो, नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेको बताएका छन् ।

युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार बिहान स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘म युगान्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगान्डाका मन्त्री एस्थर डी अनयाकुन, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगान्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ,' उनले भने ।

यस्तै उनले आफ्नो युगान्डा भ्रमण सफल भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार युगान्डा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077