Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरियामा इरानी रेभुलुसनरी गार्डका चार वरिष्ठ अधिकारी मारिए

काठमाडौँ । इजरायलले सिरियामा गरेको आक्रमणमा इरानको सरकारी फौजका चार वरिष्ठ अधिकारी मारिएका छन् ।

इरानी रेभुलुसनरी गार्डले आक्रमणमा इजरायलको हात रहेको जनाउँदै आफ्ना चारजना सैन्य सल्लाहकार मारिएका दाबी गरेको हो ।

त्यस्तै, केही सिरियाली फौजका सदस्यहरूको समेत ज्यान गएको छ ।

सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले इरानसमर्थित नेताहरूको बैठक भइरहेका बेला इजरायलले चारतले भवनलाई निशाना बनाएर आक्रमण गरेको हो ।

आक्रमणमा सम्पूर्ण भवन ध्वस्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077