Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने

काठमाडौं । राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा जाने निर्णय गरेको छ ।

निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न गठित समितिको शनिबार बसेको बैठकले राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि प्रदेशस्तरमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो ।

समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उम्मेदवारहरुसँग छलफल गरेपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको बताइएको छ ।

आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077