Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते, दुई गम्भीर

दार्चुला । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ ।

सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट महाकालीतिर खसेको हो ।

बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना गम्भीर छन् ।

घाइतेहरु सबैलाई जिल्ला अस्पताल दार्चुला लगिएको छ । उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077