Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड युगान्डामा

    प्रधानमन्त्री प्रचण्ड युगान्डामा

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 591
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा पुगेका छन् ।

    असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बिहीबार बिहान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड काम्पला पुगेका हुन् ।



    कतार एअरलाइन्सबाट युगान्डा प्रस्थान गरेका प्रचण्ड त्यहाँको स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे इन्टिबे विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।



    सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार