काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् ।
बिहीबार पार्टीनिकट खेलकुद महासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीले सिट्ठी फुक्नेबित्तिकै आन्दोलनमा उत्रन मानसिकरूपमा तम्तयार रहन निर्देशन दिए ।
तीन दिनकै तयारीमा राष्ट्रिय आन्दोलनको तयारी गर्नुपर्ने हुनसक्ने उनको भनाई छ ।
गठबन्धन सरकारले जस्तोसुकै हमला गर्न सक्ने बताउँदै उनले त्यसका लागि पनि तयार रहन निर्देशन दिए।