Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'मिसन-८४' अघि नै गठबन्धन भत्काएर अघि बढ्छौं : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'मिसन-८४' अघि नै गठबन्धन सरकार भत्किने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशलाई बर्बाद बनाएको आरोप लगाए।

अध्यक्ष ओलीले भने,'गठबन्धन देशका लागि एकदमै हानिकारक छ। यसले देशलाई बर्बाद पारिसक्यो। कमजोर बनाइसक्यो। देशका स्रोतहरू बेचिसक्यो। हाम्रो स्वाभिमानलाई धुजा-धुजा बनाइसक्यो । यस्तो अवस्थामा मिसन ८४ पर्खिने अवस्था नआउन सक्छ। देश बर्बाद हुन लागेपछि त हामीले कहाँ मिसन ८४ पर्खिन्छौं। गठबन्धन भत्काएर अघि बढ्नेछौं।'

सरकारले नै भ्रष्टचारी र कमिसनखोरीको संरक्षक बनेको उनको आरोप छ। गठबन्धन सरकार देशका लागि हानिकारक भएको बताउँदै उनले मिसन ८४ अघि नै गठबन्धन भत्काउने अवस्था आउनसक्ने बताए।

अध्यक्ष ओलीले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए ।

अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसन तन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077