Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

२६ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताुएका हुन् । उनले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताए ।

उनले भने, ‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ । आजको दिन त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो ।’

भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न प्रधानमन्त्रीले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077