Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका ६ जना केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्यको शपथ गराएका हुन्।

उनीहरू २६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए। कार्की एमालेका झापा जिल्ला कमिटी अध्यक्ष हुन्। न्यौपाने कोशी प्रदेशका पूर्वअध्यक्ष हुन्। पहिलो प्रदेश अधिवेशनमा उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

यादव मधेश, पाण्डे बागमती, शाह कर्णाली र भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वअध्यक्ष हुन्। उनीहरू सबै प्रदेश अधिवेशनको प्रतिस्पर्धाबाट बाहिरिएकाले केन्द्रीय कमिटीमा मनोनीत भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077