काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन् ।
नेपाल मगर संघले माघी पर्वको अवसर पारेर टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताए । प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए ।
उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
Leave a Reply