Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न सकेन, मिलेर खानकै लागि बनेको जस्तो भो : अर्जुननरसिंह

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको आरोप लगाएका छन् । नुवाकोटको थानसिङस्थित वच्छला माविमा बधबार आयोजित कार्यक्रममा केसीले यस्तो बताएका हुन् ।

उनले हरेक क्षेत्रमा भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको अवस्थामा समेत गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको आरोप लगाए ।

उनले मिलेर खानकै लागि गठबन्धन बनेको र यो असफल भइसकेको बताए । नेता केसीले दलहरू मिलेर ३० वर्षे पञ्चायत, १०४ वर्षे राणा शासन, २३८ वर्षे राजतन्त्र अन्त्यका लागि गरेको आन्दोलन र संघर्षको मर्मलाई अहिले भ्रष्टाचारले छोपेको गुनासो गरे ।

यस्तै उनले देशको शिक्षा नीति नै असफल भएको बताए । वर्तमान शिक्षामा समस्या हुँदा युवाहरू विदेशिने समस्या बढेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077