Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

    बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 612
    SHARES

    सर्लाही । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाही र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बम्जनलाई आज अदालतमा हाजिर गराइएको हो ।



    सीआईबीको टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।



    ‘बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार