Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष र सभामुख घिमिरेबीच शिष्टाचार भेट

काठमाडौं । आयरल्याण्डको माथिल्लोसभाका अध्यक्ष जेरी बट्टिमरले सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गरेका छन् ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।

भेटमा सभामुखले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता साझा प्रतिबद्धताहरू भएको बताए ।

दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन संसद र सांसदहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।

गत वर्षको आफ्नो आयरल्याण्ड भ्रमणका दौरान दुई देशबीच संसदीय आदानप्रदान घनीभूत बनाउने एवम् संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077