Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा सभामुखको टुङ्गो लगाउन दलहरू छलफलमा

विराटनगर । कोशी प्रदेशमा सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक चलिरहेको छ।

कोशी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको हो ।

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले दलको बैठक पनि जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने बतईएको छ ।

यता राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ । बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत सहभागी थिए ।

सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । पार्टीले सभामुखमा अम्बर विष्टलाई अगाडि सार्ने तयारी गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077