Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यसम्पादन बैठकमा फर्किए शेखर, सभापति देउवासँग पुनः थाले छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला फेरि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा फर्किएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा मागेजति सिट दिन नमानेपछि उनी बैठक छोडेर हिँडेका थिए ।

तर कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर बोलाएपछि उनी बैठकमा फर्किएका हुन् । सानेपा फर्किए लगत्तै कोइराला देउवासँग छलफलमा छन्।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाका १९ मध्ये दस सिट नेपाली कांग्रेसले पाएको छ ।

सभापति शेरबहादुर देउवा अर्को समूहलाई दसमध्ये तीन सिट मात्रै दिन तयार भएका छन्। तर शेखर कोइराला समूहले चार सिट आफूहरूले पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077