Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

    कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 654
    SHARES

    मोरङ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गरेका छन् ।

    प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा (२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आइतबार उक्त पदमा नियुक्त गरेका हुन् ।



    उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराए ।



    त्यस अवसरमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार