Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवासँग रिसाए शेखर कोइराला, सानेपाको बैठक छाडेर हिँडे

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले दलको केन्द्रीय कार्यसम्पादन समितिको बैठक छाडेर हिँडेका छन् ।

सभापति शेरबहादुर देउवाले मागेजति सिट दिन अस्वीकार गरेपछि कोइरालाले बैठक छाडेर हिँडेका हुन् ।ललितपुर सानेपास्थित कांग्रेसको कार्यालयमा चलिरहेको बैठक छाडेर नेता कोइराला बाहिरिएका छन् ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाका १९ मध्ये दस सिट नेपाली कांग्रेसले पाएको छ । राष्ट्रियसभा चुनावमा कोइरालाको समूहले ४ सिट मागेकोमा संस्थापन पक्ष दिन तयार भएको छैन् ।

सभापति देउवा तीन सिट मात्रै दिन तयार भएका छन् । तर शेखर कोइराला समूहले चार सिट आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

कोइराला समूहले चुनावमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा १/१ वटा सिट मागेको छ । कांग्रेसले अहिलेसम्म कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलाको मात्रै उम्मेदवारी टुंगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077