Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सचिवालय बैठक बोलाएका छन् ।

अध्यक्ष नेपालले आज साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा सचिवालयको बैठक बोलाएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको छ।

रिक्त १९ स्थानमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिने गरी गठबन्धन घटक दल सहमति नजिक पुगेको बताइएको छ।

यद्यपि त्यसमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले असन्तुष्टि जनाए थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077