Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : यी दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएो छ ।

यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका तराई भूभागका केही स्थानहरू हुस्सु/कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077