Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभाका १९ पदमै उम्मेदवारी दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार विभिन्न क्लष्टरबारे निर्क्यौल गर्नुपर्ने भएकाले आज टुंगो लागेको छैन । माघ ११ गते हुने निर्वाचनका लागि मंसिर २३ गते उमेदवारी मनोनय हुँदैछ ।

एमाले र सत्ता गठबन्धनबीच राष्ट्रियसभामा भागबण्डा हुने चर्चा भएको थियो । तर आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो प्रस्ताव नआएको ब्रिफिङ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077