Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज बुटवल र तनहुँ जाँदै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका कार्यक्रममा सहभागी हुँदै छन् ।

राष्ट्रपति पौडेल शुक्रबार गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुन त्यहाँ जान लागेका हुन् ।

शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077