Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः४५ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ ।

एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077