Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

नेपाल भ्रमणमा रहेका विदेशमन्त्री जयशंकले राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

उनले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077