Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज नेपाल आइपुग्दै भारतीय विदेशमन्त्री एस जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुग्दै छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी बिहान सवा नौ बजे विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गर्न लागेका हुन् ।

विदेशमन्त्री जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व एस.जयशंकरले गर्नेछन् ।

जयशंकरलाई त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन्। जयशंकरले बिहीबारदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्। उनले बिहीबार सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय भएको छ।

त्यसपछि मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने छन्। बिहीबार दिउँसो होटल याक एन्ड यतीमा हुने ‘संयुक्त आयोगको बैठक’ मा उनी सहभागी हुनेछन्। जहाँ दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रधानमन्त्री पुषपकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका वेला भारतसँग भएको विद्युत् व्यापार सम्झौताका विषयमा बैठकमा हस्ताक्षर हुनेछ। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी नेपाल भारतबीच बिहीबार सम्झौता हुने स्रोतले जनाएको छ। त्यसैगरी १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन गर्ने तयारी भएको छ।

उक्त बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्नेछन्। बिहीबार साँझ ६ बजे समकक्षी जयशंकरका लागि परराष्ट्रमन्त्री साउदले रात्रीभोज कार्यक्रम राखेका छन्।

विदेशमन्त्री जयशंकरले शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछि पुनर्निर्माण थालिएका पूर्वाधारको उद्घाटन गर्ने कार्यतालिका छ। विदेशमन्त्री जयशंकर शुक्रबार मध्यान्ह भारतीय राजधानी नयाँदिल्ली फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077