Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पुस १८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल पुस १८ गते बुधबारको राशिफल ।

मेष

आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन

आज कार्यमा सम्पादनमा समस्या आउला । सरकारी निकायको भय पनि रहनेछ, तर नयाँ कार्य र शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ ।

तुला

आज स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

धनु

आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कामको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ

नयाँ ठाउँमा लगानी गर्नु त्यति राम्रो नहोला । सरकारी निकायको भय रहनेछ, तर साँझ सम्ममा कहीँ कतैबाट नयाँ र शुभ समाचार मिल्नेछ ।

बृष

आज दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

कर्कट

मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

कन्या

धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ ।

बृश्चिक

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

मकर

आज परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । आफन्तसँग सफल भेटघाट हुनेछ । उपहार पाइने सम्भावना पनि छ ।

मीन

आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077