Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा सिट बाँडफाँटबारे कांग्रेस र माओवादीका नेताहरूबीच छलफल

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा जुटेका छन् ।

छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका हुन्।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

आगामी पुस २३ गते राष्ट्रियसभा सदस्य उम्मेदवारको उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । चुनावको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077