Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयबाट पास लिएर उनीहरू त्यहाँ प्रवेश गरेको पाइएको छ।

पक्राउ पर्नेहरू दिपेन्द्र सिंह, आकाश कार्की र पदम हमाल छन्। उनीहरू मोहन वैद्य निकट क्रान्तिकारी माओवादीका कार्यकर्ताहरू रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको छ ।

प्रदर्शनका क्रममा उनीहरूले नो एमसिसी, सट्प मर्दर, नो एनसेल र सेभ द नेशनल लेखेको पर्चा शरीरमा टाँसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077