गाजा । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् ।
प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् ।
पूर्वमन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए ।