काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसकारण सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका भू-भागमा बिहानीपख हुस्सुरकुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।