Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा यथावत्

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य घटाएर पठाएको हो ।

तर, नेपाल आयल निगमले अहिले मूल्यमा कुनै हेरफेर गरेको छैन । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु ०.१२ ले घटेर आएको छ ।

त्यस्तै एल.पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु ०.२० ले घटेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु ३००.४१ नोक्सानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077