Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाडौं । बिहीबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार समापन हुँदैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

शनिबारको बैठकमा पदाधिकारीले बोल्ने कार्यसूची रहेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनका अनुसार बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखेका छन्। बैठकमा ६ मन्त्रीले आफ्ना कामको विवरण पेश गरेका थिए ।

प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077