काठमाडौं । नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसार यसअघि बढुवा सिफारिस भएका जनपद तर्फका प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवा गरिएको हो ।
उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्दारा सु-शोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।
हेर्नुस् सूची :