Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपले नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको अदालतको ठहर

काठमाडौं । जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेले गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको ठहर गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले गौशाला २६ को १८ वर्ष उमेर पुगेको ठहर गर्दै सन्दीपले उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाउँदै करणी गरेकोमा दोषी करार गरेको हो ।

‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थाकोसमेत फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने भन्ने नदेखिएकोले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसूर गरेको ठहर्छ। सो संहिताको दफा २१९ (३) (घ) बमोजिमको कसूर कायम गरी सजाय गरी पाउँ भन्ने अभियोग दावी सो हदसम्म पुग्न सक्दैन,’ फैसलाको संक्षिप्त ठहर खण्डमा भनिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० ङ अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्षसम्म सजाय हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077