Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

बिहीबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ ।

आज पनि नेताहरूले सरकारको कामकारबाहीबारे आफ्नो धारणा राख्नेछन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077