Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब अध्ययन तथा रोजगारीमा जानेले तीन दिनभित्रै लाइसेन्स पाउने

काठमाडौं । यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ ।

बुधबार विभागले एक सूचना जारी गर्दै लाइसेन्स शिघ्र प्रिन्टका लागि पुस १५ गतेदेखि आवेदन दिन सकिने जानकारी गराएको हो ।

यसबाहेक विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको छ ।

शिघ्र प्रिन्टका लागि विभागले आफ्नो अनलाइन लाइसेन्स प्रणालीको पोर्टल मार्फत् आवेदन दिन आग्रह गरेको छ।

निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र स्मार्ट कार्ड सेवाग्राहीले पाउने पनि सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077