Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस कोशीले गर्‍यो सम्भावित उम्मेदवारको नाम सिफारिस [सूचीसहित]

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोशी प्रदेश समितिले सिफारिस गरेको छ ।

प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो ।

कांग्रेस कोशी प्रदेश समितिको सूचना तथा सञ्चार समितिका संयोजक वासु कोइरालाले दिएको जानकारीअनुसार सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चारजना सिफारिसमा परेका छन् ।

पार्टीका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ।

यसैगरी पूर्व संघीय सांसद डिला संग्रौला, नेविसंघका पूर्व सभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कमिटीले ६३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077