Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेश हमाल अभिनीत गीत ‘हाम्रो जे भने नि तिमी’ सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीत सार्वजनिक भएको छ ।

रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ ।

गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । सन्तानका लागि बाबुको प्रेम देखाउन खोजिएको भिडियोमा अभिनेता हमालको अलावा गायक गायिका सुप्रिम मल्ल ठकुरी र ज्यास्परको अभिनय छ ।

भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ ।

गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटन दूतका रुपमा पनि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077