Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाघको आक्रमणबाट एक युवकको मृत्यु

पर्सा । बाघको आक्रमणबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका २ मा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थरकट्टी गाउँका २० वर्षीय मनोज महतो उराँव रहेका छन् । जंगलसंग जोडिएको थरकट्टी गाँउका मनोज शौच गर्न खेततिर गएका थिए।

राति अबेरसम्म घर नफर्किएका उनलाई खोज्न छिमेकी र गाउँलेहरुले सोमबार बिहान खेततिर जाँदा नजिकैको जंगलमा बाघले मारेर खाएको अवस्थामा उनका शरीरका अंगहरु भेटिएको सब डिभिजन वन कार्यालय रंगपुरले जनाएको छ ।

बाघले मान्छे मारेको खबर प्रहरीलाई आएपछि अनुसन्धानका लागि पर्सा प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077