Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेतान्याहु भन्छन् - गाजा युद्धमा इजरायली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन् ।

शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उनले ‘गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान भएको बताएका हुन् ।

उनले भने, ‘युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन।’

अक्टोबर २७ मा इजराइलको स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा एक सय ५३ सैनिकलाई गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077