Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पठाओ र इनड्राइभमा 'अफलाइन राइड' गर्ने ४८ जना पक्राउ

काठमाडौं । प्रहरीले अफलाइन पठाओ र इनड्राइभ चलाउने मोटरसाइकल राइडरलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले ४८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो ।

शनिबार र आइतबार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका केही चालकमाथि अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।

अफलाइनमार्फत् यात्रुहरुसँग पैसाको बार्गेनिङ गर्ने, हैरानी दिनेलगायतको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । केही राइडर भने मोटरसाइकल नै छाडेर भागेका छन् ।

प्रहरी कुल ७५ वटा मोटर साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले अफलाइन ड्राइभ नगर्न अनुरोध गरेको छ ।

सम्पूर्ण सरोकारवाला तथा चालकलाई र आम सर्वसाधारणहरूलाई सचेत रहन परिसरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077