Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - अब इतिहासमा फर्किन सकिँदैन, लोकतन्त्रलाई सुदृढीकरण गरौं

काठमाठौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको सन्दर्भमा कांग्रेस मुख्यालयमा आयोजित विमर्श सभामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन नसकिने बताए ।

सभापति देउवाले भने, ‘अहिले हामीले लामो समयसम्म संघर्ष गरेर प्राप्त गरेको गणतन्त्रलाई कमजोर बनाउने कुराहरू आइरहेका छन् । यी सबै कुराहरूलाई परास्त गरेर अघि बढ्नुपर्नेछ । हामी अब इतिहासमा फर्किन सकिँदैन, लोकतन्त्रलाई सुदृढीकरण गर्दै अगाडि बढ्नु नै राम्रो हुन्छ ।’

गणतन्त्रको विरोध गर्दै केही आवाजहरू उठेको र त्यसले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएपनि अब इतिहासमा फर्किने सम्भावना नरहेको सभापति देउवाको भनाइ छ ।

उनले कांग्रेसलाई किसुनजीले देखाएको बाटोमा अघि बढाउन सके पछाडि फर्किएर हेर्नु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077