Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा बहस सुरु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दामा बहस सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस सुरु भएको हो ।

अहिले जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।

यसअघि अघिल्लो इजलासले बहस नोट पेश गर्न आदेश गरेको थियो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । विभिन्न बहानामा यो मुद्दाको बहस पछि धकेलिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077