Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जितेको छ ।

त्यसक्रममा आइतबार कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हराएको हो ।

जितका लागि १३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो ।

मधेशका लागि साना प्रविनले नट आउट २७ रन बनाइन् भने आरती महतोले १८ रन बनाइन् ।

कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए । यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

मधेशको यो लगातार तेस्रो हार हो । यसअघि मधेश एपीएफ र बागमतीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077