काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्च आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।