Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले दियो तीन दिन सार्वजनिक बिदा

    क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले दियो तीन दिन सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 2.8K
    SHARES

    मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ ।

    गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिएको हो ।



    गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ।



    सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार