काठमाडौं । नेपाल प्रहरीका ५१३ जना प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा भएका छन् । गत मंसिर २७ गते प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
सोही सिफारिस अनुसार प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार जनपद तर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा र पदस्थापन गरिएको हो ।
उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी खटाइएको छ ।
साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्धारा सु(शोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।