Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यात्रुले उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खोलेपछि...

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं.६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन्।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077