Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका एक जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह तर्फका एक जना प्रहरी नायव उपरीक्षक(डीएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधितर्फका प्रहरी नायव उपरीक्षक दिपक राज अवस्थीलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका अवस्थीलाई सोही समूह, उपसमूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

त्यस्तै, प्राविधिक प्रहरी समूह तर्फका शम्भु प्रशाद कोईरीलाई सोही समूहको प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077